• बैशाख २८ २०८३, सोमबार

नेविसंघका कार्यकर्ताले अखिलकाे झण्डा हटाइदिए पछि थापाथली क्याम्पसमा झडप

फाल्गुन ८ २०७९, सोमबार

काठमाडौं । काठमाडौंको थापाथली क्याम्पसमा कांग्रेस निकट नेविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच झडप भएको छ ।

झण्डा राख्न नपाइने ठाउँमा अखिल क्रान्तिकारीले झण्डा राखेको र त्यो झण्डा नेविसंघका विद्यार्थीले हटाएको विषयमा विवाद भएपछ झडप भएको हो ।

झडपपछि अहिले क्याम्पसमा प्रहरी परिचालन गरिएको छ र स्थिति सामान्य बनेको छ । विवाद समाधानका लागि दुई पक्षबीच क्याम्पसमा नै वार्ता पनि भइरहेको छ ।