• मंसिर १३ २०८१, बिहीबार

स्कटल्याण्डले दियो नामिबियालाई २ सय २१ रनको लक्ष्य

फाल्गुन ८ २०७९, सोमबार

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको तेस्रो खेलमा स्कटल्यान्डले नामिबियासामू दुई सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै दुई सय २१ रनको योगफल तयार पारेको थियो ।

स्कटल्यान्डका लागि किस्टोफ म्याकब्रिडले ७५ बलमा सात चौकाको मद्दतमा सर्वाधिक ४७ रनको योगदान गरे । यसैगरी टोमस म्याकिनटोसले ३४, कप्तान रिची बेरिङटनले ३२, माइकल लिस्कले २९, लियम नेलोरले २०, म्याथ्यु क्रसले १६ र क्रिस ग्रेभेसले १४ रन जोडे ।

नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले पाँच, टान्गिनी लुंगामिनीले दुई तथा बेर्नार्ड स्कोल्ट्ज, बेन सिकोन्गो र पिक्की या फ्रान्सले समान एक विकेट लिए ।

लिग टु को च्याम्पियन स्कटल्यान्ड पहिलो खेलकै नतिजा दोहोर्याउन चाहन्छ । स्कटल्यान्ड दोस्रो खेलमा भने नेपालसँग तीन विकेटले पराजित भएको थियो ।