काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा टोटेनहमले जित निकालेको छ। टोटेनहमले वेस्ट ह्यामलाई २-० गोल अन्तरले हरायो।
टोटेनहमका लागि इमर्सन र सन ह्युङ मिनले १–१ गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा खेलको ५६औं मिनेटमा इमर्सनले गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाए। खेलको ७२ औं मिनेटमा सनले गोल गरे।
वेस्ट ह्यामसँगको जितसँगै टोटेनहम अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। २४ खेल खेलेको टोटेनहमले ४२ अंक जोडेको छ।
शीर्ष स्थानमा रहेको आर्सनलले २३ खेलबाट ५४ अंक जोडेको छ। १८औं स्थानमा रहेको वेस्ट ह्यामले भने २३ खेलबाट २० अंक जोडेको छ।