काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।
माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवका अनुसार आज दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको हो ।
सहमतिमा राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न सो बैठक बोलाइएको हो । सो बैठकमा फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा छलफल गरिने भएको छ ।