• बैशाख २८ २०८३, सोमबार

कारवाही हुने भएपछि दुर्गा प्रसाईंले छोडे एमाले, लागे राजावादीतिर

फाल्गुन ७ २०७९, आईतवार

काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । चर्चित व्यवसायी समेत रहेका प्रसाईंले एमाले पार्टी परित्याग गरेको आइतबार घोषणा गरेका हुन् ।

प्रसाईंले केही दिन अघि पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेका थिए । त्यसपछि प्रसाईंलाई कारबाही गर्न एमालेको प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको थियो । पार्टीले कारबाहीको निणर्य नगर्दै उनले पार्टी परित्याग गरेको बताएका हुन् ।