काठमाडौं। गगनगौडाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना भएको छ। दुर्घटनामा ४५ बढि यात्रु घाइते भएको कास्की प्रहरीले जनाएको छ।
घाइते यात्रुहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा अधिकांश पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी परेको बताइएको छ। पोखरा विश्वविद्यालयको भोलि हुन लागेको दिक्षान्त समारोहमा भाग लिन विभिन्न ठाउँबाट आएका विद्यार्थी दुर्घटनामा परेको खुलासा भएको छ ।
घाइतेहरूको अवस्था सामान्य रहेको उद्दारमा खटिएका प्रहरीले जनाएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।