• बैशाख २८ २०८३, सोमबार

राष्ट्रपतिमा समय आएपछि निर्णय हुने प्रधानमन्त्री प्रचण्डको भनाई

फाल्गुन ५ २०७९, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समय आएपछि राष्ट्रपतिको विषयमा निर्णय हुने बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेपछि सञ्चारकर्मीसँग छोटो प्रक्रिया दिँदै प्रचण्डले समय आएपछि राष्ट्रपतिको विषयमा जानकारी हुने बताए ।

राष्ट्रपतिको निर्वाचन आउन समय अझै बाँकी भएकाले समय आएपछि एउटा बिन्दुमा पुगिने प्रचण्डले बताए । आफूहरू सात दलीय गठबन्धनमै भएकाले राष्ट्रपतिको विषयमा निर्णय नभएको बताएका हुन् ।