काठमाडौँ। शनिवार परेको महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रमा ३५ सय प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एसपी सीताराम रिजालको नेतृत्वमा ३५ सय प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाएको हो ।
सुरक्षा योजना अनुसार शुक्रवार साँझदेखि नै प्रहरी परिचालन गरिने छ ।
मेलापर्वमा हुनसक्ने घटना संशोधन गर्न प्रहरीले हेल्प डेस्क राखेको छ । बच्चा हराउने र भिडभाडमा बेहोस हुनेहरूलाई समयमै संशोधन गर्ने गरी सामुदायिक प्रहरीले काम गर्नेछन् ।