• जेष्ठ ८ २०८३, शुक्रबार

६ जना डाक्टरको निगरानीमा उपचारका लागि भण्डारीलाई भारत लगियो

फाल्गुन ४ २०७९, बिहीबार

काठमाडौं । ग्यास सिलिन्डर पड्किएर घाइते भएका कांग्रेस सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लगिएको छ । श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् भारतको मुम्बईस्थित नेशनल स्किन बर्न अस्पतालमा उपचारका लागि लगिएको छ ।

उनको उपचार टिममा डा.प्रदीप तिवारी (क्रिटिकल केयर हेड), डा.बृहस्पति (एनेस्थेसिया एण्ड क्रिटिकल केयर), डा. रोशन शर्मा, (फ्लाइट डाक्टर इएमएस) दिनेश राई, (प्यारामेडिक्स इआर), सागर महर्जन, (प्यारामेडिक्स इआर) र राज तामाङ (प्यारामेडिक्स इआर) उपचार टोलीमा सहभागी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार राती बुद्धनगरस्थित घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा.भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन् । आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ । नेता डा. भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।