• मंसिर १२ २०८१, बुधबार

नेपालले शुक्रबार स्कटल्याण्डसँग खेल्ने

फाल्गुन ४ २०७९, बिहीबार

काठमाडौं । आईसीसी (अन्तर्राष्ट्रिय क्रिकेट परिषद्) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले शुक्रबार स्कटल्याण्डसँग खेल्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल हुनेछ । घरेलु टोली नेपालले स्कटल्याण्डलाई पराजित गर्न त्यति सहज भने छैन । यसो त स्कटल्याण्ड आईसीसी क्रिकेट विश्वकप लिग २ को विजेता बनिसकेको छ ।

कीर्तिपुर खेल मैदानमा बुधबार भएको खेलमा स्कटल्याण्डले नामिबियालाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै लिग २ को विजेता बनेको थियो। स्कटल्याण्ड आफ्नो ३ खेल बाँकी छँदै विजेता बन्न सफल भएको हो।