काठमाडौं । युईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा बेनफिकाले जित निकालेको छ। अन्तिम १६ अन्तर्गत खेलको पहिलो लेगमा बेनफिकाले क्लब ब्रुग्सलाई हराएको हो।
घरेलु टोली क्लब ब्रुग्समाथि बेनफिकाले २–० को सानदार जित निकाल्यो। बेनफिकाको जितमा जाआओ मारियो र नेरेस काम्पोसले गोल गरे।
५१औं मिनेटमा पेनाल्टीमार्फत मारियोले गोल गर्दै बेनफिकालाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ८८औं मिनेटमा काम्पोसले गोल गरेपछि बेनफिकाले २–० को जित निकाल्यो।