• जेष्ठ ८ २०८३, शुक्रबार

अखिलको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै, अध्यक्षमा तीन जनाको उम्मेदवारी

फाल्गुन ४ २०७९, बिहीबार
काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आज नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

मंगलबारदेखि  नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु भएको महाधिवेसन आज सकिनेछ । नयाँ नेतृत्व चयनका लागि अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिएका छन्। अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईका अनुसार आज बिहान ८ बजेबाट मतदान हुनेछ।  ‘चुनावका लागि निर्वाचन आयोगलाई जिम्मा लगाइसकेका छौँ’ अध्यक्ष मण्डलका सदस्य भट्टराईले भने।

बडाल नेतृत्वको पूर्वकमिटी भंग गरेर एमाले नेता भानुभक्त ढकालको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको थियो, जसले बन्दसत्र र निर्वाचनको प्रक्रिया सम्पन्न गरेर नयाँ नेतृत्वको घोषणा गर्नेछ।

अध्यक्ष मण्डलको सदस्य तथा निवर्तमान अध्यक्ष सुनिता बरालका अनुसार महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ।