• जेष्ठ ८ २०८३, शुक्रबार

काठमाडौंका सवारी ठप्प, सरकार र आन्दोलनरत मजदुरबीच वार्ता जारी

फाल्गुन २ २०७९, मंगलवार

काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा चल्ने सवारी आवागमन ठप्प पारिएको छ । माग सम्बोधन नभएसम्म यातायात चल्न नदिने भन्दै आन्दोलनरत मजदुरले यातायत सेवा अनिश्चितकालका लागि ठप्प परेका हुन् ।

बालाजु बसपार्क आसपासमा सोमबार भएको तोडफोड आगजानीको घटनापछि आज सवारी सेवा ठप्प पारेका आन्दोलनकर्तालाई सरकारले वार्तामा बोलाएपछि अहिले दुवै पक्षबीच वार्ता जारी छ ।

यातायात विभागका महानिर्देशक तुल्सी गौतमका अनुसार आन्दोलनरत यातायात मजदुरलाई बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्तामा बोलाईएको छ ।

मजदुर संघको हडतालका कारण उपत्यकाका सवारी ठप्प भएका छन् । अचानक भएको सबारी ठप्पका कारण हजारौं यात्रु अलपत्र परेका छन् ।