• बैशाख २८ २०८३, सोमबार

बिदा दिएर सरकारले के सन्देश दिन खोजेको ? देश कता जाँदैछ ?: शेखर कोइराला

फाल्गुन १ २०७९, सोमबार

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले जनयुद्ध दिवस मनाउन बिदा दिएकोप्रति प्रश्न गरेका छन् ।

नेता कोइरालाले प्रधानमन्त्री ‘प्रचण्ड’ले सार्वजनिक बिदा कटौती गरौँ पनि भन्ने तर संविधानले नचिनेको जनयुद्ध दिवसका नाममा बिदा दिएको भन्दै प्रश्न गरेका हुन् ।

सोमबार बिहान उनले ट्वीटरमा लेखेका छन्, ‘‘आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको ? देश कता जाँदैछ ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ ?’’

सरकारले फागुन १ लाई जनयुद्ध दिवस मनाउन भन्दै सार्वजनिक बिदा दिएको छ ।