काठमाडौं । जनयुद्ध दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। शनिबार बसेको मन्त्रिपरिषदको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सरकारले जनयुद्ध दिवसको अवसरमा सार्बजनिक बिदा दिएको यो पहिलो पल्ट हो। पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेको तेस्रो पटकमा यस्तो सार्वजनिक बिदा दिइएको हो।
वि.सं. २०७९ साल फागुन १ गते सोमबारका दिन जनयुद् दिवसको अवसरमा नेपाल राज्य भर बिदा दिने नेपाल सरकार, मन्त्रिपरिषदबाट २०७९ माघ २९ गते निर्णय भएको हुदाँ सबन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरेको हो। गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।