• माघ २६ २०८१, शनिबार

हावाहुरीले मञ्च उडाइदिएपछि लुम्बिनीका मन्त्रीहरुको शपथ ग्रहण अवरुद्द

माघ २९ २०७९, आईतवार

दाङ । हावाहुरीले मञ्चको छाना उडाएका कारण लुम्बिनी प्रदेशका मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम अवरुद्ध भएको छ । आइतबार दिउँसो १ बजेका लागि तय भएको शपथ समारोह ३ बजेसम्म सुरु हुन सकेन ।

दाङको राप्ती गाउँपालिका मौरीघाटस्थित प्रदेशसभा भवन परिसरमा शपथ समारोह आयोजनाका लागि अस्थायी मञ्च बनाइएको थियो । तर हावाहुरीले छाना उडाएपछि शपथ समारोह नै दिउँसो ३ बजेका लागि सारिएको थियो ।

हावाहुरीले उडाएपछि शपथ समारोहस्थल प्रदेशसभा भवनकै अर्को छेउमा मञ्च बनाइएको छ तर त्यहाँ साउण्ड सिस्टम जडान गर्न नसकेपछि शपथ समारोह सञ्चालन हुन सकेको छैन ।