• बैशाख २८ २०८३, सोमबार

लुम्बिनी प्रदेशलाई आत्मनिर्भर बनाउन कृषिमा लगानी बढाउनु पर्छ : जोखबहादुर महरा

माघ २८ २०७९, शनिबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य जोखबहादुर महराले लुम्बिनी प्रदेशलाई आत्मनिर्भर बनाउन र रोजगारीको सृजना गर्न कृषिमा लगानी गर्नुपर्ने बताएका छन् । महराले पूर्वाधारको विकास गर्नुपर्नेमा पनि जोड दिए ।

शनिबार रोल्पाको रुन्टिगढीमा आयोजना गरिएको चौथो राष्ट्रपति तथा रुन्टिगढी रनिङ सिल्डको उद्घाटन समारोहमा बोल्दै महराले यस्तो कुरा बताएका हुन् ।

सो समारोहको प्रमुख अतिथि रहेका महराले भने,‘हाम्रो बाउ-बाजेले यही माटोमा कृषि गरेर बाँचेका थिए तर पछिल्लो समयमा कृषिलाई कम प्राथमिकता दिइएकोले स्थानीय र प्रदेश सरकारले कृषिमा विशेष लगानी गर्नुपर्छ ।’

उद्घाटन समारोहमा बोल्दै महराले जनताको जनादेश अनुसार कुनै पार्टीको स्पष्ट बहुमत नआएकोले धेरै दलहरु मिलेर सरकार गठन गर्नु परेको बताए । रुन्टिगढी गाउँपालिकाको आयोजना र सूर्यद्धय माध्यमिक विद्यालय मसिनाको व्यवस्थापनमा खेलकेदको आयोजना गरिएको हो ।