• बैशाख २८ २०८३, सोमबार

राष्ट्रपतिको सवारीमा प्रहरीको लाठी चार्जले एक चिकित्सक घाइते, केहिबेर चिकित्सकहरूले गरे प्रदर्शन

माघ २७ २०७९, शुक्रबार

काठमाडौं। प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते भएका छन् ।

शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट उनी घाइते भएका हुन् ।

संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए ।

उनको टाउकोमा चोट लागेको छ । सोही घटनाको विरोधमा त्यहाँका चिकित्सकहरूले प्रदर्शन गरिरहेका छन् ।

ट्रमा सेन्टर अगाडिको सडकमा सो घटनाको विरोधमा चिकित्सकहरूले प्रदर्शन गर्ने क्रममा चिकित्सक र प्रहरीबीच भनाभन भएको थियो भने अस्तव्यस्त सो सडक केहिबेर अवरुद्ध हुन पुगेको थियो ।