• बैशाख २८ २०८३, सोमबार

एकीकृत समाजवादी सुदूरपश्चिम सरकारमा सहभागी हुँदै

माघ २७ २०७९, शुक्रबार

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेशको सरकारमा सहभागी हुने भएको छ । एमाले नेतृत्वको सरकार ढलेपछि सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री बनेका कांग्रेसका कमलबहादुर शाह आज शपथ लिँदैछन् ।

मुख्यमन्त्री शाहले शपथ लिएलगत्तै कांग्रेसका एक र एकीकृत समाजवादीका एक मन्त्रीले शपथ लिने कार्यक्रम रहेको समाजवादीका नेता दीर्घ सोडारीले जानकारी दिए ।
‘हाम्रो पार्टी सरकारमा जान्छ, व्यक्ति को भन्ने तय भैसकेको छैन’, सोडारीले भने । यसैबीच मुख्यमन्त्री शाहले साढे ३ बजे शपथ लिने भने पनि आधा घण्टा पर सरेको छ । चार बजेमात्रै मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय भएको बुझिएको छ । ५३ सदस्यीय प्रदेश सभामा एकीकृत समाजवादीका ४ सांसद छन् ।