• बैशाख २८ २०८३, सोमबार

मिसन ग्रासरुट अभियान चलाउने एमालेको निर्णय

माघ २६ २०७९, बिहीबार

काठमाडौं। नेकपा एमालेले संगठन विस्तारका लागि ‘मिसन ग्रासरुट’ अभियान चलाउने भएको छ ।

बिहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले फागुन र चैतमा अभियान चलाउने निर्णय गरेको हो ।

५ फागुनमा सात वटै प्रदेशमा अभिमुखीकरण कार्यक्रमबाट अभियान सुरु गरिने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनले अघि भने, ‘यसले पार्टी नयाँ गतिका साथ अघि बढ्ने विश्वास लिएका छौं ।’

उपमहासचिव ज्ञवालीका अनुसार अभियानमा सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई ११ वटा कार्यादेश दिएर पालिकाहरुमा खटाइने छ ।

उनीहरुले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव लिने जस्ता काम गर्नुपर्नेछ ।