• जेष्ठ ८ २०८३, शुक्रबार

रिक्त एआईजी पदमा को-को छन् दाबेदार ?

माघ २६ २०७९, बिहीबार

काठमाडौं । नेपाल प्रहरीमा फगुनको पहिलो हप्तादेखि अतिरिक्त महानिरीक्षक (एआईजी) को पाँच पद रिक्त हुँदैछ ।

मानवस्रोत विकास विभाग प्रमुख रहेकी एआईजी पूजा सिंह फागुनको पहिलो साता उमेरहदका कारण अवकाश भएसँगै प्रहरीमा पाँच एआईजी पद रिक्त हुनेछ । सो पदमा भावी महानिरिक्षकको प्रबल दाबेदार हुने भएकाले पिन एआईजी पदलाई महत्वपूर्ण मानिएको छ ।

प्रहरीमा २०७९ असारमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह र दीपक थापा बढुवाको प्रमुख दाबेदार रहेका छन् ।

यस्तै डीआईजी किरण बज्राचार्य, मीरा चौधरीसहित भीमप्रसाद ढकाल, श्यामलाल ज्ञवाली, सुदीप गिरि, रामदत्त जाेशी, पाेषराज पाेखरेल, बुद्धिराज गुरुङ, सन्दीप भण्डारी, दुर्गा सिंह र किरण राणा पनि एआईजीका प्रतिस्पर्धी हुन्।