• जेष्ठ ८ २०८३, शुक्रबार

युएसएआईडी प्रमुख सामन्था पावर आज स्वदेश फर्कँदै

माघ २५ २०७९, बुधबार

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेकी अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावर आज (बिहीबार) स्वदेश फर्किँदै छिन् ।

उच्चस्तरीय भेटघाट सकेर उनी आज स्वदेश फर्किन लागेकी हुन् । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहेकी उनी अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी समेत हुन्।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्र मन्त्री डा विमला राई पौडेललाई भेटेर अमेरिकी सहयोग परियोजना (एमसीसी) को कार्यान्वयनमा जोड दिएकी थिइन् ।