• बैशाख २८ २०८३, सोमबार

ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

माघ २५ २०७९, बुधबार

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

प्रचण्ड ओलीलाई भेट्न बुधवार बिहानै बालकोट पुगेका हुन् ।

नेपाली कांग्रेसले माओवादीलाई फकाउन विभिन्न निर्णय गर्दै आएपछि भावी राष्ट्रपतिको विषयलाई लिएर एमालेमा आशंका उत्पन्न हुँदै गएको नेताहरूले बताउँदै आएका छन् ।

आगामी २८ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल पूरा बिदा हुन लाग्दा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । आगामी २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ ।

यसअघि मंगलबार पनि प्रचण्ड ओलीबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।