• बैशाख २८ २०८३, सोमबार

कांग्रेसका पूर्वसांसद कर्मा घलेको निधन

माघ २४ २०७९, मंगलवार

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद कर्मा घलेको निधन भएको छ ।

मंगलबार शिक्षण अस्पताल काठमाडौंमा उपचारकै क्रममा ५९ वर्षको उमेरमा उनको निधन भएको हो ।

उनी लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित भएको पारिवारिक स्रोतले जनाएका छन् ।

उनी ०७४ को निर्वाचनमा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेका थिए । मनाङका स्थायी निवासी घले व्यवसायीसमेत हुन् ।