काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अब सरकार निर्माण तथा विश्वासको मत दिने प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ ।
काठमाडौंको डिल्लीबजारमा बसेको पार्टी पदाधिकारी तथा सांसदहरुको बैठकले केन्द्रदेखि प्रदेशसम्म विश्वासको मत दिने तथा सरकार गठन लगायतको प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो । नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले १ महिनाकै अवधिमा सत्ता छाड्नुपर्ने अवस्था सिर्जना हुने देखिन्छ।
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य छन्।