• बैशाख २८ २०८३, सोमबार

मधेस प्रदेश सरकारमा माओवादी केन्द्रका दुई मन्त्रीले आज शपथ लिँदै

माघ २४ २०७९, मंगलवार

जनकपुर । मन्त्रालय भागबन्डामा असहमति जनाउँदै यसअघि मन्त्रीमण्डलमा सहभागी नभएको नेकपा (माओवादी केन्द्र) अन्ततः मधेस सरकारमा सहभागी हुने भएको छ ।

संसदीय दलका नेता भरत साहका अनुसार माओवादी केन्द्रको तर्फवाट उद्योग पर्यटन तथा वनमन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले मंगलबार १ बजे शपथ लिनेछन् ।

मधेसका मुख्यमन्त्री रामसरोज यादवसँग सहमति भएसँगै माओवादी केन्द्रले यादव र अन्सारीलाई सहभागी गराउने निर्णय लिएको हो ।