काठमाडौं । विशेष अदालतले विमानस्थलको रेडियो अपरेटरमा रहेर सुन तस्करीको सेटिङमा सहयोग गर्दै अवैध आर्जन गरेको अभियोगमा श्यामकृष्ण च्यामु श्रेष्ठलाई दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु यमुना भट्टराई र खुशीप्रसाद थारुको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो ।
विशेषले ४ करोड ५७ लाख बराबर बिगो र जरिवाना गर्ने ठहर ठरेको छ । भ्रष्टाचार निवारण ऐन अनुसार १ वर्ष तीन महिना कैद हुने फैसला पनि सुनाएको छ। विशेषले श्रेष्ठलाई २ करोड २८ लाख ७४ हजार १ सय ३२ रुपैयाँ बिगो र सोही बराबरको जरिवाना गर्ने फैसला सुनाएको हो। त्यस्तै उनले जागिरको अवधिमा आर्जन गरेको अवैध सम्पत्ति जफत हुने ठहर पनि गरेको छ ।
जाँच अवधिमा १८ करोड ८२ लाख २५ आर्जन देखिएको र त्यसमध्ये उनले वैधानिक दावी गरेको १६ करोड ५३ लाख ५१ रुपैयाँ देखिएको विशेषको फैसलामा उल्लेख छ ।