• बैशाख २८ २०८३, सोमबार

प्रधानमन्त्रीले बोलाएका प्रमुख सचेतकहरुको बैठक सुरु

माघ २३ २०७९, सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको राजनीतिक दलका प्रमुख सचेतकहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री दाहालले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग छलफल सुरू गरेका हुन् ।

केहीबेर अघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको  छलफलमा  विधेयकसम्बन्धी छलफल सुरू गरेका हुन्।

प्रतिनिधि सभा बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफलको आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।