• बैशाख २८ २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्डले सल्लाह माग्न सबै राजनीतिका दलका प्रमुख सचेतकहरुको बैठक बोलाए 

माघ २३ २०७९, सोमबार

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरुसँग सामुहिक छलफल गर्न बैठक बोलाएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज विहान ९ बजे बालुवाटारमा बोलाईएको बैठकमा संसदलाई कसरी प्रभावकारी बनाउने र सरकारले संसदलाई दिनुपर्ने बिजेनसका बारेमा राय लिने छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार संसदको आगामी बैठकलाई प्रभावकारी रुपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरुलाई बोलाईएको हो ।