• बैशाख २८ २०८३, सोमबार

मेरो बारेमा आधारहीन समाचार लेखे मिडिया घेर्न जान्छु : रवि लामिछाने

माघ २२ २०७९, आईतवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आधारहीन समाचार लेखे कान्तिपुर मिडियासहितका सञ्चार गृह घेर्ने घोषणा गरेका छन् ।

‘अब आधारहीन समाचार लेखे, अब आधारविहीन समाचार लेख्यो भने अब म कान्तिपुर घेर्न आउँछु’, उनले भने, ‘आधारसहित हाल्नुस् नो प्रब्लम् । तपाईंसँग रिडरहरु छन् होला, मसँग पनि शुभचिन्तकहरु होलान् । तपाईंको पत्रिकामा सस्क्राइबर्सहरु होलान्, मेरा पनि सत्कर्मले आर्जन गरेका साथीहरू छन् । सबैलाई लिएर घेर्न आउँछु खबरदार ।’ उनले गलत ढंगले गर्ने कुनै पनि मिडियालाई नमान्ने बताए ।