काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको फैसलामाथि संसदमा प्रश्न उठाएका छन् । यो फैसलाले कसलाई न्याय भयो भन्ने बुझ्न नसकेको भन्दै सर्वोच्चमाथि प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको आइतबार बैठकमा विशेष समय लिएर बोलेका ओलीले सर्वोच्च अदालतलाई सम्मान गर्ने र त्यसअनुसार यो फैसलालाई पनि मानेर कार्यान्वयन गर्ने बताए । ‘अदालतको फैसलाबाट कसले न्याय पायो मैले बुझिन, उनले भने अदालतले न्याय दिनका । एउटा नागरिक राज्यले संरक्षण गर्नुपर्छ । संविधान विपरित कार्य गर्यो भने व्यक्तिलाई रोक्नुपर्छ । संविधान मिच्न पाइदैन तर, सर्वोच्चको अदालतले पक्रियागत त्रुटी रवि लामिछानेले पहिला नै स्टाटस लेखेर सार्वजनिक गरिसकेको हो ।’
उजुरीकर्तालाई के मर्का पर्यो र उजुर गर्न गए भन्ने आफूले नबुझेको ओलीले बताए । असम्बन्धित व्यक्तिले निवेदन दिएको उनको दाबी छ । संविधान र कानुन उल्लंघन भए रोक्नुपर्ने, तर एउटा नागरिक राज्यको प्रहारको विषय हुन नहुने ओलीले बताए ।
उनले अघि भने, ‘रवि लामिछानेले ढोका खुला देखेर फुत्त पसेको हाइन । निर्वाचन आयोगले उम्मेदवार हुन पाउछ भनेर सदर गरेको र चुनाव लड्दा अत्याधिक मतले आफ्नो प्रतिनिधि छानेको हो ।’