• बैशाख २८ २०८३, सोमबार

राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीबाट उर्मिला अर्यालको उम्मेदवारी

माघ २२ २०७९, आईतवार

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रबाट उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छिन्।

अर्यालको प्रस्तावकमा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका छन् भने देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक रहेका छन्।

नेपाली कांग्रेसलेसमेत राष्ट्रिय सभा उपाध्यक्षमा माओवादलाई नै सघाउने निर्णय गरेका कारण अर्याल निर्विरोध चयन हुने सम्भावना देखिएको छ।