• बैशाख २८ २०८३, सोमबार

बालुवाटारबाट निराश भएर फर्किए रवि लामिछाने 

माघ २२ २०७९, आईतवार

काठमाडौं । आइतबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निराश भएर फर्केका छन् ।

नेपाली नागरिकता विवादको विषयमा सर्वोच्च अदालतको फैसलापछि सांसद, गृहमन्त्रीबाट मुक्त भएका लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता पाएपछि प्रधानमन्त्री प्रचण्डसँग गृह मन्त्री आफ्नो पार्टीले पाउनुपर्ने अडान राख्दै आएका थिए ।

गृह मन्त्रालय पाउनैपर्ने अडान राखेका उनलाई प्रचण्डले अहिले मन्त्री नै बनाउन नसक्ने जवाफ दिएका प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

प्रधानमन्त्री प्रचण्डले नागरिकता मुद्दा किनारा लागे पनि राहदानीको विवाद बाँकी नै रहेको भन्दै अहिले मन्त्री बनाउन नसक्ने बताएका स्रोतको दावी छ ।