• जेष्ठ ८ २०८३, शुक्रबार

काठमाडौंमा पहिला छोरीको हत्या गरी पछि बाबुले गरे आत्महत्या

माघ २१ २०७९, शनिबार

काठमाडौँ । राजधानीको पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा बाबुले आफ्नै छोरीको हत्या गरेका छन् । सात वर्षीया छोरीको हत्यापछि बुबा किशोर भण्डारीले पनि आत्महत्या गरेका हुन् ।

रामेछापको खाँडादेवी स्थायी घर भइ फार्मेसी सञ्चालन गर्दै आएका भण्डारीले छोरीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिए ।

ती अधिकारीका अनुसार छोरीको घाँटी रेटेर हत्यापछि आफूले पनि पासो लगाएर आत्महत्या गरेको फेला परेका हुन् । टंकप्रसाद मार्गस्थित डेरामै दुबै जना मृत फेला परेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ ।