• बैशाख २८ २०८३, सोमबार

गणतन्त्रको डुंगा प्वाल नपारौं : डा. भट्टराई

माघ २० २०७९, शुक्रबार

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्न नहुने बताएका छन् । लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगर्न उनले आग्रह गरेका छन् ।

‘यो डुंगा डुब्दा हामी सबै त डुब्छौं डुब्छौं, देश र जनताले ठूलो क्षति व्यहोर्नुपर्ने छ,’ डा. भट्टराई ट्विटरमा लेख्छन्,‘कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको सन्दर्भमा प्रमुख दलहरूबीच सहमतिको विकल्प छैन । गम्भीर बनौँ ।’

गठबन्धनमा समस्या देखिएपछि डा.भट्टराईको यस्तो भनाइ बाहिर आएको हो ।