• जेष्ठ १६ २०८३, शनिबार

लखन चोकमा राखिएको पृथ्वीनारायण शाहको ‘सालिक’ नहटाए आन्दोलन गर्ने नेपाल मगर संघको चेतावनी

माघ १९ २०७९, बिहीबार

पोखरा, महानगरपालिका ‘लखन चोक’ मा रहेको सहिद लखन थापा मगरको ‘सालिक’ परिधी भित्र पूर्व राजा पृथ्वीनारायण शाहको ‘सालिक’ राखिएको प्रति नेपाल मगर संघका अगुवाहरुले आपत्ति जनाएका छन् । राजावादी समर्थकहरुद्वारा सहिद लखन थापा मगरको ‘सालिक’ परिधी भित्र पूर्व राजा पृथ्वीनारायण शाहको  ‘सालिक’ राखिएको प्रति  घोर आपत्ति जनाउदै सो ‘सालिक’ तुरुन्तै हटाउन मगर संघका नेताहरुले अनुरोध गरेका छन् हुन् । अन्यथा सिङ्गो मगर समुदाय आन्दोलनमा जाने चेतावनी दिदै महानगरपालिकाको ध्यानाकर्षण गरेका हुन् ।
स्थानीय चुनावपछि पोखरा महानगरले ०७४ असोज ९ गते पनि रातारात डोजर चलाएर थापाको सालिक ढाल्यो । चोकले ठूलो भूभाग ओगटेको र ट्राफिक जाम बढेको भन्दै सालिक भत्काएको मेयर मानबहादुर जिसीले तर्क गरेका थिए ।
तर, नेपाल मगर संघ सहितका विभिन्न जनजाति समुदाय महानगरले शालिक ढालेर आफूहरुको अपमान गरेको भन्दै विरोध जनाएका थिए । उनीहरुले महानगरले पुनः लखनको सालिक नठढ्याए आफैं निर्माण गर्ने चेतावनी दिएपछि महानगर पछि हटेको थियो ।
जंगबहादुरको निरंकुश शासन विरुद्ध राजनैतिक दस्तावेज तयार गरी सशस्त्र विद्रोह गर्ने नायक लखन थापा मगरको बलिदान र योगदानको कदर गर्दै नेपाल सरकारले उनलाई वि.सं. २०५६ मा शहिद घोषणा गर्‍यो भने वि.सं. २०७२ साल असोज ३ गते औपचारिक रुपले नेपालको पहिलो शहिदको दर्जा प्रदान गर्ने निर्णय गरेको थियो।
प्रथम शहिद लखन थापा मगरको जन्म वि.सं. १८९१ मा गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ७ स्थित काहुले भंगार भन्ने गाउँ (साविक वुङ्कोट गा.वि.स. वडा नं. ४) मा भएको थियो ।