• जेष्ठ ८ २०८३, शुक्रबार

भ्रष्टाचार गरेको आरोपमा विद्यार्थी र अभिभावकले प्रअलाई दले कालोमोसो

माघ १८ २०७९, बुधबार

काठमाडौं । धनुषामा विद्यार्थी र अभिभावकले प्रधानाध्यापकलाई कालोमोसो दलेका छन् । शहिदनगर नगरपालिका वडा नं.७ मा रहेको जनता मावि धवौलीका प्रधानाध्यापक श्रीप्रसाद यादवलाई विद्यार्थी र अभिभावकले कालोमोसो दलेका हुन् । उनीहरुले प्रधानाध्यापकको कार्यकक्षमा ताला समेत लगाएका हुन् ।

पोशाक वितरण तथा प्राविधिक प्रयोगशाला स्थापना र प्रयोगशालाको लागि सामग्री किन्नको लागि आएको बजेटमा १५ लाख भ्रष्टाचार उनीमाथि आरोप छ ।

प्रअले लामो समसयसम्म अभिभावक भेला नबोलाएको, व्यवस्थापन समिति गठन नगरेको, पठनपाठनमा कुनै ध्यान नदिएको र भन्दा पनि अटेर गर्दै आएको समेत स्थानीय अभिभावकले बताएका छन् ।