एजेन्सी । इङ्लिस प्रिमियर लिगको क्लब न्युकासल युनाइटेडले युवा स्ट्राइकर एन्थोनी गोर्डन अनुबन्ध गरेको छ ।
न्युकासलले प्रिमियर लिगको अर्को क्लब एभर्टनबाट गोर्डनलाई अनुबन्ध गरेको हो । सम्झौता रकम नखुलाइए पनि यो ४५ मिलियन पाउन्डसम्मको हुन सक्ने विभिन्न सञ्चारमाध्यमले बताएका छन् ।
२१ वर्षिय इङ्लिस स्ट्राइकर गोर्डन ११ वर्षको उमेरदेखि एभर्टनमा आबद्ध थिए । उनले सन् २०१७ मा एभर्टनको सिनियर टोलीका लागि डेब्यु गरेका थिए ।