• मंसिर १२ २०८१, बुधबार

पेलेको सम्मानमा रंगशालाको नाम राख्न सदस्य राष्ट्रलाई फिफा अध्यक्षको आग्रह

पुष १९ २०७९, मंगलवार

एजेन्सी । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आफ्ना सदस्य राष्ट्रलाई विश्व फुटबलका महान खेलाडी पेलेको नाममा रंगशालाको नाम राख्न आग्रह गरेका छन् ।

ब्राजिललाई तीन पटक विश्वकप जिताउन भूमिका खेलेका पेलेको गत बिहीबार ८२ वर्षको उमेरमा निधन भएको थियो । फिफा अध्यक्ष इन्फान्टिनो पनि सोमबार पेलेलाई श्रद्धान्जिली दिन ब्राजिल पुगेका थिए । ‘हामी हाम्रा सबै सदस्य राष्ट्रलाई पेलेको सम्मानमा कम्तीमा एक रंगशाला पेलेको नाममा राख्न आग्रह गर्न चाहन्छौ’, इन्फान्टिनोले भने, ‘यसबाट भावी पुस्ताले पनि पेलेले विश्व फुटबलमा पुर्याएको योगदानको बारेमा थाहा पाउनेछ ।’

विश्व महान खेलाडीको नामबाट रंगशालाको नामाकरण गर्ने नौलो चलन भने होइन । हंगेरीमा पुस्कास इरेना र अम्स्ट्राडममा योहान क्रफको एरेना पनि महान खेलाडीको सम्मानमा राखिएको हो ।