• मंसिर १२ २०८१, बुधबार

लुम्बिनीको लगातार पाँचौ जित कायम

पुष १५ २०७९, शुक्रबार

काठमाडौं । लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगमा आफ्नो विजयी यात्रालाई पाँचौ खेलसम्म पनि कायम राखेको छ ।

लुम्बिनीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शुक्रबार सम्पन्न पहिलो खेलमा काठमाडौं नाइट्सलाई ३५ रनले पराजित गरेको हो ।

लुम्बिनीले प्रस्तुत गरेको एक सय ५१ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै एक सय १५ रन मात्र बनाउन सक्यो ।

काठमाडौंका लागि अज्मतुल्लाह ओमरजाईले २९ बलमा तीन छक्का मद्दतमा सर्वाधिक ३८ रनको योगदान दिए । यसैगरी कमलसिंह ऐरीले अविजित १९,सुनाम गौतमले १८,एलेक्स ब्लेकले ११ र बसिर अहमदले १० रन जोडे ।

लुम्बिनीका लागि हरमीतले तीन तथा साड्ले भान स्खेलक्विक,किशोर महतो, तिलक भण्डारी र ह्यारी टेक्टरले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ५० रनको योगफल खडा गरेको थियो ।

यस जितसँगै पाँच खेलमा १० अंक जोडेको लुम्बिनी शीर्ष स्थानमा कायम रहँदा पराजय ब्यहारेको काठमाडौं चार खेलमा चार अंकका साथ तेस्रो स्थानमा छ ।