• फाल्गुन २४ २०८२, आईतवार

नेइमारले रातो कार्ड पाएर बाहिरिएपछि एम्बाप्पेको गोलमा पीएसजीको संघर्षपूर्ण जित

पुष १४ २०७९, बिहीबार

काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले एम्बाप्पेको गोलमा संघर्षपूर्ण जित निकालेको छ।

विश्वविजेता खेलाडी लियोनल मेसी बिनै मैदानमा उत्रिएको पीएसजीले स्टारबर्गविरुद्ध २–१ को संघर्षपूर्ण जित निकालेको हो।

१४ औं मिनेटमा नेयमारको पासमा कप्तान मार्किन्होसले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। तर ५१औं मिनेटमा मार्किन्होसकै सुसाइड गोलका कारण स्टारबर्गले खेल १–१ को स्थितिमा ल्याएको थियो।

खराब फउलका कारण ६२ मिनेटमा दोहोरो पहँलो कार्ड खाँदै नेयमार मैदानबाट बाहिरिएपछि पीएसजी १० खेलाडीमा सीमित भएको थियो। घरेलु मैदानमै २ अंक गुमाउने अवस्थामा पुगेको पीएसजीलाई अतिरिक्त समयमा केलियन एम्बाप्पेले उद्दार गरे।

अतिरिक्त समयमा पाएको पेनाल्टीमार्फत् गोल गर्दै एम्बाप्पले पीएसजीलाई जित दिलाएका थिए। जितसँगै १६ खेलबाट ४४ अंकका साथ पीएसजी शीर्ष स्थानमा छ। बिदामा रहेका मेसी भने नयाँ वर्ष मनाएपछि मात्रै पीएसजी फर्कने भएका छन्।