एजेन्सी । सन् २०२२ को विश्वकपका लागि लियोनल मेसी बसेको होटलको कोठा अब म्युजियममा परिणत गरिने भएको छ । कतार विश्वविद्यालयले यसबारे निर्णय गर्दै अबदेखि यस कोठाले कोही पनि पाहुनाको आतिथ्य नगर्ने जनाएको छ ।
कतारी समाचार संस्था क्यूएनएले ट्विट गर्दै मेसी बसेको कोठाको तस्बिर पनि सँगै राखेको छ । अबदेखि पेरिस सेन्ट जर्मेन (पीएसजी) का खेलाडी बसेको कोठा भ्रमणकारी पाहुनालाई मात्र नभएर विद्यार्थीका लागि पनि भ्रमणका लागि खोलिनेछ । कतार विश्वविद्यालयकै परिसरमा यो होटल रहेको छ र यसमा सबै खाले आधुनिक सुविधा उपलब्ध छन् ।
कतार विश्वविद्यालयका संचार निर्देशक हिट्मी अल हिट्मीले भनेका छन्, ‘मेसी बस्दा कोठा जस्तो स्वरूपमा थियो, त्यसमा कुनै पनि परिवर्तन गरिने छैन् । अबदेखि यसलाई म्युजियममा परिणत गरिनेछ । विशेषतः मेसी कस्ता खेलाडी थिए भनेर यो कोठा भ्रमण गरेर विद्यार्थीले अनुभव गर्न सक्ने छन् । यो अर्जेन्टिनाले कसरी विश्वकप जितेका थिए, त्यसको प्रतीकका रूपमा पनि रहनेछ ।’
त्यसैले अर्जेन्टिनाले बाहिरका आरामदायी र महँगा होटलको स्थानमा यसलाई रोजेको थियो । सन् २०१९ को क्लब वर्ल्डकपका बेला लिभरपुलले पनि यस होटललाई प्रयोग गरेको थियो । अब मेसी बसेको कोठलाई अझ बढी सजाइने छ र पछि यसमा उनीसँग जोडिएका खेल सामग्री पनि थपिनेछ ।