एजेन्सी । अर्जेन्टिना फुटबल संघले विश्वकप उपाधि जितेपछि खुसियाली मनाउनेले क्रममा भएको घटनाप्रति माफी मागेको छ ।
मंगलबार राजधानी ब्युनस आयर्समा खुसियाली मानउने क्रममा कप्तान लियोनल मेसीसहितका पाँच खेलाडी सम्भावित दुर्घटनाबाट बाँचेका थिए ।
खुला बसको छतमा बसेर विजयी उत्सवमा सहभागी भएका मेसी सहित एन्जल डि मारिया,लियान्द्रो पराडेस,रोड्रिगो डि पाउल र निकोलस ओटामेन्डी करेन्ट लाग्नबाट बचेका थिए ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा उनीहरुले आफुलाई छुनै लागेको तारलाई निहुरिएर छलेको देखिन्छ । यो घटनापछि खेलाडीलाई हेलिकप्टरमार्फत विजयी उत्सवमा सहभागी गराइएको थियो ।
अर्जेन्टिना फुटबल संघले ट्विटरमा लेखेको छ‘ हामीले खेलाडीलाई हेकिप्टरमार्फत विजयी उत्सहवमा सहभागी गराउनु प¥यो किनकी डर लाग्दो घटनापछि यसलाई जमिनमा निरन्तरता दिन सम्भव थिएन । समर्थकको उत्सव खराब भएकोमा हामी क्षमा चाहन्छौं ।’