काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा फ्रान्स फाइनलमा प्रवेश गरेको छ ।
मोरोक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै फ्रान्स फाइनल पुगेको हो ।
सन् १९९८ र २०१८ विश्वकप उपाधि उचालेको फ्रान्स सन् २००६ मा भएको विश्वप फाइनलमा इटालीसँग पराजित भएको थियो।
अर्जेन्टिना र फ्रान्सबीचको फाइनल आइतबार राति लुसिल स्टेडियममा हुनेछ।