• मंसिर १२ २०८१, बुधबार

ब्राजिलका युवा खेलाडी रोड्रिगोले नेइमारसँग किन माफि मागे ?

मंसिर २६ २०७९, सोमबार

काठमाडौं । ब्राजिलका युवा फरवार्ड रोड्रिगोले सिनियर खेलाडी नेइमारसँग माफी मागेका छन्।

‘तपाईँको सपना स्थगित गरेकोमा माफी चाहन्छु। मलाई आशा छ, तपाईँले राष्ट्रिय टोलीको यात्रा जारी राख्नुहुनेछ। ताकि, हामी सँगै विश्वकप जित्न सकौं,’ सन्देशमा उनले भनेका छन्।

रोड्रिगोले क्रोएसिया विरुद्धको पहिलो पेनाल्टी गोल गर्न नसक्दा नेइमारको विश्वकप जित्ने सपना चकनाचुर भएकोमा माफि मागेका हुन् । क्रोएसियासँग पराजित भएपछि ब्राजिल क्वाटरफाइनलबाट बाहिरिएको थियो ।