काठमाडौँ । आध्यात्मिक अभियन्ता ओशो जन्मजयन्ती तथा मानव अधिकार दिवसको अवसरमा काठमाडौँ जोरपाटीस्थित सेलेब्रेसन को एड् स्कूल, शिवचोकको प्रांगणमा एक समारोहकाबीच वृहत् सत्संग तथा ध्यान शिविर एवं शान्ति प्रवाह काव्यगोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
जीवनमा पहिले आपूmले आफैलाई चिन्नु पर्ने स्वाध्याय बारेको सत्संग आरम्भ गर्दै गुरु ओशो दीक्षित आध्यात्मिक अभियन्ताहरुले उपस्थित सज्जन भक्तहरुलाई ध्यान शिविरमा विशेष प्रशिक्षण गराए भने संगीतमय सो साधनामा भजन, कीर्तन, नृत्य प्रस्तुत भएको थियो । सबै भक्तहरुलाई योग र ध्यानका विभिन्न चरणमा प्रस्तुत गराउँदै शिव ताण्डव स्तोत्रबाट नृत्य गराइएको थियो । जीवन र जगत्लाई अध्यात्ममय बनाउनु पर्ने बारे धार्मिक गुरुहरुबाट प्रवचन प्रस्तुत भएको थियो ।
शिव, बुद्ध, जनक, गोरखको तपस्थली नेपाल स्वणर्भूमि भएको अनि विवेकानन्द, शंकराचार्य, शिवपुरी बाबा, जगत् गुरु श्रीकृष्णको सन्देश ज्ञान, कर्म र भक्ति मार्गबाट जीवन सरस र सरल हुने मार्मिक जीवन गाथा व्यवहारिक ज्ञान प्रस्तुत गर्दै धर्म गुरुहरुले धर्मदेशना पनि गराए । कार्यक्रममा धर्मगुरु आचार्य महेन्द्र भट्राई, ओशो दीक्षित धर्मगुरुहरु, पूर्वीय धर्म दर्शनका विद्धान् अच्युतप्रसाद पौडेल चिन्तनले धर्मसभालाई सम्बोधन गर्दै नेपाल आफैमा तपस्थली भएकाले यहाँ जन्मने सबै व्यक्तिहरु स्वयम् देवता हुन सक्ने चर्चा गर्नुभयो ।
मानव अधिकार तथा शान्ति समाज काठमाडौंको समेत आयोजनामा भएको सो विशेष कार्यक्रममा बागमती सफाइका अभियन्ता एवम् पशु अधिकारकर्मी, गाईबाच्छा संरक्षणका अभियन्ता उत्तम पुडासैनीले संसारमा मानव अधिकारका साथै पशु अधिकार र तमाम वातावरण स्वच्छ हुनुपर्ने बताउँदै मानव अधिकार तथा शान्ति समाजले कसैको नुन नखाएकाले कसैको नूनको सोझो गर्नु नपर्ने र संस्था आबद्ध सदस्यहरुबाट निर्भिक रुपमा संस्था सन्चालन गर्दै समाज रुपान्तरणमा अहोरात्र खटिरहेको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि अच्युतप्रसाद पौडेल चिन्तनले मानवअधिकार सम्बद्ध भोट माग्न आउनेलाई चोटको सलाम शीर्षकको कविता वाचन गरे भने जीवन दर्शन बारेको छन्द कविता देवकी खतिवडाले पस्तुत गरिन् ।
मानव अधिकार काठमाडौंका सभापति भगवान पुडासैनी, सम्बद्ध अभियन्ता रामकृष्ण बराल लगायत अन्य सदस्यहरुको सामिप्यमा भएको सो कार्यक्रममा मानव अधिकार र महिला उत्थान बारे विशेष चर्चा भएको र प्रमुख अतिथिका रुपमा प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेले आफूले गर्नुपर्ने काममा खुलेर आफूलाई भन्न अनुरोध गरे भने अन्य विशेष उपस्थित अतिथि महानुभावहरुमा कागेश्वरी मनोहरा नगरपालिकाका कार्यबाहक प्रमुख, गोकर्णेश्वर नगरपालिका आबद्ध व्यक्तित्वहरुको उपस्थिति रहेको सो कार्यक्रममा भक्त जानुका भट्राई लगायत सयौंको उपस्थिति रहेको थियो भने हरेक वक्ताहरुले हरित क्रान्तिका लागि हरेक मानवले एक दिन एक विरुवा भन्ने अभियान सन्चालन गर्दे आफ्नै घरलाई पहिले आफैले स्वर्ग बनाउनु पर्ने धारणा व्यक्त गरेका थिए ।
सत्संगको अर्थ पहिले आफूलाई माया गर्ने, दोस्रोमा आफ्ना जनलाई, तेस्रोमा आफूप्रति तटस्थ रहनेलाई, चौथोमा आफूप्रति वैर गर्नेलाई र पाचौंमा आफ्नो धर्ती, आकाश र तमाम ब्रह्माण्डका नायक सर्वेश्वर प्रभुलाई माया गर्नु पर्ने व्यवहारिक चर्चा भएको थियो । कार्यकमको अन्त्यमा धर्मगुरु अच्युतप्रसाद पौडेल लगायत मन्च आसिन महानुभावहरुबाट आचार्य महेन्द्र भट्टराई रचित साधना पुस्तकको संयुक्त रुपमा लोकार्पण गरियोे ।