एजेन्सी । पोर्चुगलका रक्षक पेपेले अर्जेन्टिनाका रेफ्री फाकुन्डो टेलोको गलत निर्णयका कारण आफूहरु विश्वकप २०२२ बाट बाहिरिनु परेको बताएका छन् ।
पोर्चुगल शनिबार राती मोरोक्कोसँग १–० ले पराजित भएपछि पेपेले रेफ्रिमाथि आक्रोश पोखेका हुन् । ‘अर्जेन्टिनी रेफ्रीको निर्णयले मलाई निकै दुखी बनाएको छ ’पेपेले भने‘ मोरोक्कोका खेलाडीले फउल गरेर हाम्रो खेललाई रोक्न चाहन्थे तर रेफ्रले त्यसमा पेहेँलो कार्ड दिएनन् न त ध्यान नै दिए ।’
यसअघि अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले पनि नेदरल्यान्ड्सविरुद्धको खेलमा स्पेनिसअफिसियल एन्टोनियो माटेउको निर्णयमा असन्तुष्टि जनाएका थिए ।