• मंसिर १२ २०८१, बुधबार

विश्वकप फुटबल: क्वाटरफाइनल खेलमा मोरक्को-पोर्चुगल र फ्रान्स-इंग्ल्यान्ड खेल्दै

मंसिर २४ २०७९, शनिबार

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा आज हुने अर्को क्वाटरफाइनलका दुई खेल हुँदैछन्। कतारमा जारी फिफा विश्वकपमा आज क्वाटरफाइनलको पहिलो खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ। अल थुमा स्टेडियममा यो खेल राति ८:४५ बजे सुरु हुनेछ।

क्वाटरफाइनलको खन्तिम खेलमा साविक विजेता फ्रान्सले इंग्ल्यान्डको सामना गर्दैछ। अल बायतमा स्टेडियममा हुने यो खेल शनिबार राति १२:४५ बजे सुरु हुनेछ। शुक्रबार राति भएका क्वाटरफाइनलका दुई खेलमा ब्राजिललाई पराजित गर्दै क्रोएसिया र नेदरल्यान्ड्लाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।