• जेष्ठ ६ २०८३, बुधबार

सर्वोच्चका लागि सिफारिसमा परेका न्यायाधीश गौतम नियुक्ति नहुँदै अबकास

मंसिर २० २०७९, मंगलवार

काठमाडौं । न्यायपरिषदले २१ भदौमा उच्च अदालतका दुई न्यायाधीशसहित ३ जनालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको थियो ।।

प्रतिनिधिसभाको कार्यकाल सकिएपछि सिफारिस भएकाहरुको संसदीय सुनुवाइ हुन सकेन । संघीय संसदको संसदीय सुनुवाई विशेष समितिमा पुगेर उनीहरुको सुनुवाई प्रक्रिया राेकिएपछि सिफारिसमा परेका मध्ये उच्च अदालतकी कामु मुख्य न्यायाधीशले आइतबार अबकास पाएकी छिन् ।

३ महिनासम्म नियुक्ति नहुँदा सिफारिसमा परेकीमध्ये पहिलो वरियतामा रहेकी उच्च अदालतकी कामु मुख्‍य न्यायाधीश निता गौतम दीक्षितले ६३ वर्षे उमेर हदका कारण गत आइतबार (१८ मंसिर) मा अवकाश पाइन् ।

संसदीय सुनुवाईबाट अनुमोदन हुन सकेको भए उनी थप २ वर्ष सर्वोच्च अदालतको न्यायाधीश बन्न पाउने थिइन् । सर्वोच्च अदालतका न्यायाधीश ६५ वर्षमा र उच्च अदालतका न्यायाधीश ६३ वर्षमा अवकाश हुने संवैधानिक व्यवस्था छ ।