• बैशाख २८ २०८३, सोमबार

समानुपातिकतर्फको मतगणना आजै सक्ने तयारी

मंसिर २० २०७९, मंगलवार

काठमाडौं ।  निर्वाचन आयोगले आजै समानुपातिकतर्फको मतगणना सक्ने तयारी गरेको छ। मङ्सिर ४ गते देशभर र स्थागित भएका केही ठाउँमा त्यसको केही दिनमै मतदान भएको थियो।

पुनः मतदान भएको दोलखा र बाजुरामा मतगणना स्थगित भएका कारण गणनामा केही ढिलाइ भए पनि प्रत्यक्ष तर्फको १६५ क्षेत्रकै नतिजा सार्वजनिक भइसकेको छ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाको समानुपातितर्फ नेकपा (एमाले)ले सबैभन्दा धेरै २८ लाख १० हजार ४ सय ४१ मत ल्याएर पहिलो दल बनेको छ।